३० श्रावण २०७६, बिहीबार

काठमाडौं । समायोजन भइ प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरु ‘फेक’ मेडिकल रिर्पोट बनाएर केन्द्रमा फर्कन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।

प्रदेश र स्थानीय तहमा पुगेका केही कर्मचारीहरूले मानसिक विरामीको बाहना बनाएर सिंहदरबार फर्कन थालेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले त्यस्ता कागजपत्र उपर छानविन सुरु गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले संघमा आउन नक्कली विरामी भएको काजजात पेश गर्ने कर्मचारीको बारेमा छानविन प्रक्रिया सुरु भएको जानकारी गराउनु भएकाे छ ।

सबैभन्दा बढी विकृती स्वास्थ्य सेवामा देखिएको थियो । झण्डै १ सय ५० कर्मचारीहरुले मानसिक रोगी भएको बाहना देखाउदै संघमा सरुवा भएका थिए । उनीहरूले नक्कली कागजपत्र बनाएको आशंकामा अख्यितारले छानविन प्रक्रिया अघि बढाएका हो ।

सबैभन्दा बढी यस्तो कीर्ते धन्दा वीर अस्पतालका डाक्टरहरुबाट भएको रहष्य सार्वजानिक भएको छ । त्यस्ता कर्मचारीहरुलाई मानसिक विरामी तथा कडा रोग लागेको भन्दै सिफारिश गरेका थिए ।

स्राेतका अनुसार कडा रोग लागेका र मानसिक विरामी भनिएका दुबै थरी कर्मचारी शारिरीक र मानसिक रुपमा स्वस्थ्य छन् ।  

त्यसैगरी नेपाल वायुसेवा निगम, नापी विभागसहित थुप्रै सरकारी अड्डाका अनियमितताउपर अख्तियारबाट छानवीन भइरहेको छ ।

स्वस्थ्य कर्मचारीलाई हुँदै नभएको रोग लागेको सिफारिश गर्ने डाक्टरलाई समेत कारवाही हुनेछ । वीर अस्पतालमा नक्कली मेडिकल बोर्ड बनाउने, बोर्डका नाममा पैसा उठाउने गिरोहबारे पनि अनुसन्धान भैरहेको छ ।

३२ जना अहेवको दरबन्दी रहेको त्यहाँ २०७५ सालको ओएनएम सर्वेले दरबन्दी घटाएर ९ मा झा¥यो । तर, अहिले पनि ३६ जना कार्यरत छन् । तीमध्ये १४ जना साविकमा र बाँकी स्थानीय निकायमा काम गर्ने गरी तोकिएका हुन् । तर, गुनासोको फारम भर्ने बेलामा ढाड, हाई प्रेसर, मानसिक रोगजस्ता नक्कली कागज बनाएर नेपाल मेडिकल बोर्डको सिफारिस देखाउन थालियो ।

त्यसरी नक्कली बोर्ड बनाउनेमा युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्लीराम खनाल, डिल्ली आचार्य, सविता जोशी, टीकाराम पनेरु, शंकर झा, हिमालय तिवारी भएको उजुरी परेको छ । त्यस्तै, वीर अस्पतालको टेण्डर र नियुक्तिमा पैसा उठाउने भनी स्थानीयका युवराज तिमल्सिना, विष्णु फुँयाल, शोभा गौतम, राजकुमार राजथला र मेडिकल बोर्डका अग्निधर बस्यालको नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV