३० श्रावण २०७६, बिहीबार

काठमाडाैँ । नेपाल सरकारले वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

दीक्षितप्रति श्रद्धाञ्जली व्यक्त गर्नु हिमाल अस्पतालमा पुग्नु भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय सम्मानका साथ उहाँकाे अन्त्येष्टि गर्ने जानकारी गराउनुभयो ।

साहित्यकार तथा पत्रकार दीक्षितका आजै निधन भएको हो । उहाँ ९७ वर्षको हुनुहुन्थ्यो । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV