३० श्रावण २०७६, बिहीबार
  • कृष्ण पाण्डे

बुटवल । लोक सङ्गीतको दुनियाँमा एउटा अब्बल नाम हाे, शर्मिला गुरुङ । उनका गीतले जनमानसमा एउटा फरक किसिमको स्थान बनाएको छ ।

अर्की गायिका सन्ध्या बुढाले पनि अहिलेको युवा पुस्तामा राम्रो छाप छोडेकी छन् । उनी पनि बहु प्रतिभाकी धनी गायिका हुन् । आधुनिक, लोक दोहोरी लगायत हास्यव्यङ्ग्यबाट पनि दर्शकको मन जिती सकेकी छिन ।

तिनै सफल गायिकाको स्वरमा रहेकाे अत्यन्तै दर्दनाक गीत ‘चेलीको व्यथा २’ सार्वजनिक भएको छ । जसमा गायक पुरुषोत्तम गैरेले समेत स्वर र लय दिएका छन् ।

चेलीको व्यथा गत साल स्वाभिमान क्रियशनले बजारमा ल्याएको थियो भने दर्शकले अत्यधिक रुचाएका थिए । जसले ९ लाख ६० हजार भन्दा बढी भिउ युट्युब पाइसकेको छ । सोही गीतको भाग २ भर्खरै मात्रै युट्युब सार्वजनिक भएको हाे ।

मिरा महोत्राको प्रस्तुति रहेको उक्त गीतको भिडियोलाई निर्देशक विष्णु भट्टराईले निर्देशन गरेका छन् । चेलीको व्यथा भाग १ ले दर्शकलाई जसरी मन जितेको थियो त्यसै गरी भाग २ ले पनि दर्शकको मन जितेको छ ।

युट्युब राखिएको छोटो समयमा धेरै राम्रो प्रतिक्रिया आएपछि निर्माण पक्ष्य धेरै खुसी भएका छन् । निर्देशक विष्णु भट्टराई बुटवलबाट नियमित व्यवसायीकरण म्युजिक भिडियो बजारमा ल्याउने अब्बल निर्देशक हुन् ।

राजु महोत्राको शब्द रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ भने विष्णु भट्टराईको निर्देशन छायाङ्कन र सम्पादन रहेको छ ।

गीतमा पारिवारिक विषय बस्तुलाई उठाइएकाे छ । हाम्रो समाजमा कतिपय ठाउँमा देखिने घटनाहरू- हुनेखाने र सम्पन्न परिवारका छोराछोरी बाबाआमाको प्यारो बन्छन् भने गरिब र दुखी पाखा बनिदिन्छने गीतमा उतारिएकाे छ । साथै परिवार र समाजमा एउटा राम्रो सन्देश निर्देशकले दिएका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
LIVE TV