प्रहरीलाई मासिक ८० हजार घुस दिएर नदी उत्खनन् ! गाँउपालिकाको राजश्वमा २१ लाख घोटाला (भिडियो)



प्रकाशित मिति : Aug 13, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. तामाकोशी गाँउपालिकामा नदीजन्य बस्तु उत्खननको २१ लाख राजश्व गायब !

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरे बापत लिइने कर संकलनमा २१ लाख रुपैयाँ घोटाला भएको छ । गाँउपालिकाले २०७५ साउन १ गतेदेखि असोज २२ गतेसम्म गोपी खोलादेखि ढोलीखोलासम्मको तामाकोशी नदी क्षेत्रको ढुंगा, गिट्टी, बालुवा तथा नदीजन्य वस्तुहरुको निकासी कर आफै संकलन गर्दै आएको थियो । गाँउपालिकाकै रेकर्ड अनुसार उक्त अवधिमा सो स्थानका ३ ओटा क्रसर उद्योगमा गाँउपालिकाले १८५६९ घनमिटर नदीजन्य वस्तु निकासी गरेको छ ।

२. मध्य बर्खामा पनि रोकिएन नदीजन्य वस्तु उत्खनन्

झापा । सरकारले असारदेखि भदौसम्म तीन महिना नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ । सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने यी नदीबाट दैनिक सयौँ ट्याक्टर ढुङ्गा उत्खनन् भइरहेको भएपनि स्थानीय सरकार र प्रशासन मुकदर्शक छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङका स्थानीय तस्करले इलामको रोङ गाउपालिका वडानम्बर ६ दुधेचौरी क्षेत्रबाट दैनिक एक सय भन्दा बढी ट्याक्टरमा ढुङ्गा उत्खनन् गर्दै आएका छन् ।

३. तनहुँमा सडक पिच गरिएको दुई सातामै भत्किन थालेपछि…

तनहुँ । तनहुँको व्यास नगरपालिका स्थित छाब्दी बाराही मन्दिर जाने सडक कालोपत्रे गरेको दुई सातामा नै भत्किएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चार करोड लागतमा ८ सय मिटर सडक दुई साता अघि मात्रै कालोपत्रे भएको थियो । तर, प्रदेश सरकारबाट विनियोजित एक करोडबाट डायमण्ड कन्सट्रक्सन दमौलीले कालोपत्रे गरेको गौडापहरा छाब्दी मन्दिर सडक खण्डमा कालोपत्रे गरेको २ हप्तामै सडक यो अवस्थामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com