२८ श्रावण २०७६, मंगलवार

तनहुँ । तनहँुको व्यास नगरपालिका स्थित छाब्दी बाराही मन्दिर जाने सडक कालोपत्रे गरेको दुई सातामा नै भत्किएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चार करोड लागतमा ८ सय मिटर सडक दुई साता अघि मात्रै कालोपत्रे भएको थियो ।

तर, प्रदेश सरकारबाट विनियोजित एक करोडबाट डायमण्ड कन्सट्रक्सन दमौलीले कालोपत्रे गरेको गौडापहरा छाब्दी मन्दिर सडक खण्डमा कालोपत्रे गरेको २ हप्तामै सडक यो अवस्थामा पुगेको छ । ८ सय मिटर सडक कालोपत्रे गरेको जस लिन संघीय सांसददेखि प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरु समेत तँछाड–माछाड गरेका थिए ।

तर, अहिले सडक भत्किएपछि भने जस लिने ध्यानमा गुणस्तरको वेवास्ता गरेको स्पष्ट भएको छ । छाब्दी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष मणिजंग बस्नेतले प्रदेश सरकारले बजेट विनियोजन गरेपनि काम गर्ने बेला स्थानीय उपभोक्तासँग समन्वय नगरी ठेकेदारको भरमा काम छोडेकाले गुणस्तरहीन बनेको गुनासो गर्छन्

सडक कालोपत्रे भएको दुइ सातामै भत्किएपछि ओभरलोड भएर कुद्ने ट्याक्टर र गुणस्तरहीन निर्माण नै भएको आंशका स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV