२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । मानिसहरुको मात्र होइन सर्पहरुको पनि मेला लाग्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । क्यानाडाको म्यानिटोबामा हरेक वर्ष झण्डै ७० हजार सर्प एकै ठाउँमा जम्मा हुन्छन् । जसलाई सर्प मेला भनिन्छ ।

क्यानडाको म्यानिटोबामा हरेक वर्ष करिव ७० हजार सर्प एकै ठाउँमा जम्मा हुन्छन् । हजारौं सर्पहरु यसरी जम्मा हुनुलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । खासगरी बर्सेनी प्रजननका लागि भाले र पोथी सर्पहरु हजारौंको संख्यामा यो ठाउँमा जम्मा हुने गरेका हुन् ।

यहाँ फेब्रुअरीमा विभिन्न प्रजातिका सर्पहरु आउने गरेकाले सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । क्यानडाको वन्यजन्तु विभागले संरक्षण गर्ने गरेको नार्सिस स्नेक डेन्स नामक यो सर्प प्रजनन क्षेत्र आफैमा अद्भूत छ । यहाँ गर्मी महिनामा हजारौं संख्यामा सर्पका नयाँ बच्चाहरु बाहिर निस्किने गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV