२८ श्रावण २०७६, मंगलवार

काठमाडौँ । लोकसेवा आयोगको विज्ञापनविरुद्ध आरक्षण बचाऊ आन्दोलन पक्षले मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन् ।

आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीहरु सामान्य घाइते भएका छन् ।

यसअघि लोकसेवा आयोगको कार्यालय अगाडि, भद्रकाली, बानेश्वरलगायतका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नयाँ विज्ञापन जारी गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV