२८ श्रावण २०७६, मंगलवार

नयाँ दिल्ली । ‘बिग बोस’ लगाएतको टिभी शोमा भाग लिइसकेकी सानो पर्दाकी चर्चित एक अभिनेत्रीले गत आइतबार मुम्बईको कांदीवाली इलाकाको समता नगर पुलिस स्टेशनमा आफ्नो श्रीमानविरुद्ध उजुरी दर्ता गरेकी छन् । ती अभिनेत्रीको उजुरीमा श्रीमानले घरमा एक्लै भएकी मौकामा सँधै आफ्नो छोरीलाई अश्लिल शब्दको प्रयोग गर्दै आएको प्रहरीले जानकारी गराएका छ ।

अभिनेत्रीले उही श्रीमानविरुद्ध उजुरी दर्ता गरेकी हुन् । ती अभिनेत्रीको उनी दोस्रो श्रीमान हुन् । त्यो भन्दा पहिल्यै उनको पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भइसकेको थियो । यसरी उजुरी दर्ता भएसँगै प्रहरीले आरोपित श्रीमानलाई नियन्त्रणमा लिइसकेको छ ।

‘दुव्र्यवहारको शिकार म चाँहि भएकी हुँ’

सौतेनी बुबालाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि अभिनेत्रीकी छोरीको बयान पनि सार्वजनिक भएको छ । यस घटनालाई लिएर उनले इन्स्टाग्रममा लेखेकी छन्, ‘सबै भन्दा पहिले त तपाईहरु सबैलाई धन्याबाद दिन चाहान्छु । तपाईहरुले सँधै हामीलाई सपोर्ट गर्नुभयो, सहानुभूति दर्शाउनुभयो । मैले केही कुरा गरेर घटनालाई स्पस्ट पार्न चाहान्छु । कयौं पटक दुव्र्यवहारको शिकार बनेकी छु । मेरी आमा होइन… ।’

उनले थपिन्– ‘पाठक भएकाले तपाईलाई यो कुरा भुल्न निकै गाह्रो हुन्छ । बन्द ढोकाको पछाडि के भइरहेको छ र मेरी आमाले दुवै वैवाहिक सम्बन्धलाई कसरी धैर्यता राख्नुभयो । म सँधै आमाको साथमा उभिनेछु । उहाँ एक मजबुत हुनुहुन्छ । उहाँले दिनरात गुर्नभएको मेहेनत मैले देखेकी छु ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV