२८ श्रावण २०७६, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवलाई अखाद्य वस्तुको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विषादीले जनताको आयु घटेको र अखाद्य वस्तुको प्रयोग बढेको भन्दै सो बताउनु भएको हो ।

बैठकमा बौल्दै उहाँले भन्नुभयो मन्त्री ज्यू,तपाईको विषदी जनताले खाइरहेको छन्, तपाईको अनुगमनले कुनै काम गरेको छैन, आज विषदीको कारणले जनताको आयु घटीरहेको छ, त्यसैले प्रभावकारी अनुगमनको कदम चाल्नुहोस्, नत्र तपाईको अनुगमनको औचित्य छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV