२८ श्रावण २०७६, मंगलवार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा त्रिभुवन विश्वविद्यालयको विषयमा बोल्दै सांसद नविना लामाले राजनितिक भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्व चयन गर्न संसदमा ध्यानाकर्षण गराउनुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले देशकै विश्वसनीय विश्वविद्यालय विभिन्न समयमा भष्ट्राचार जस्तो विषयमा फस्नु र राजनीतिक भागबण्डाको आधारमा नेतृत्व चयन हुनु गलत भएकाे भन्दै प्राज्ञिक व्यक्ति चयन गर्नकाे लागि राजनीतिक भागबण्डा हुन नहुने दाबी गर्नुभएकाे हाे ।

पछिल्लाे समय विश्वविद्यालयमा भष्ट्राचार तथा विकृति विसङ्गति अराजक तरिकाले मौलाएको भन्दै निष्पक्ष, विधि र प्रकृयाको आधारमा नेतृत्व चयन गर्न माग समेत राख्नु भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV