२८ श्रावण २०७६, मंगलवार

भक्तपुर, २८ साउन । ‘गुन्हुँ पुन्ही’को सापार (गाईजात्रा)मा ताहासाँ, ताहामचा बनाउन चाहिने बाँस बेच्न बिहानदेखि ग्राहकको प्रतिक्षामा बसिरहेका हुन्छन् आशापुरका तामाङहरु ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. ८ आशापुरबाट ४ वटा बाँस बोकेर बिहान ३ बजे हिडेर करिव ३ घण्टामा भक्तपुरको तःमारही आईपुग्ने बताउछन् व्यापारी हीराकाजी तामाङ । उनले सो बाँस १२ सयदेखि १५ सय सम्ममा बिक्री हुने जानकारी दिए ।

तहामचा, ताहासाँ चारवटा बाँसमा कपडा बेरेर बनाउने गरिन्छ । यसरी बनाएको ताहामचा, ताहासाँलाई घेन्ताङ घिसी नाचसँगै नगर परिक्रमा गरिन्छ । पाँचछाने मन्दिरको प्राङ्गण तःमारहीमा सापारको एकहप्ता अगाडिदेखि जात्रामा चाहिने विभिन्न सामानहरुको किनबेच शुरु हुने गर्छ ।

जात्रामा धेरै जसोले ताहासाँ, ताहामचा, माटोको बसाहा, सगै घेन्ताङघिसी नाच्ने गरिन्छ भने कोहीले कोहीले बालबाचाहरुलाई राधा कृष्ण, शिव पार्वतीको भेषभुषामा बाजागाजा सहित नगर परिक्रमा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV