२८ श्रावण २०७६, मंगलवार

नुवाकोट । अवैध रुपमा उत्खनन गरिएको बालुवा खानीमा बनेकाे पोखरीमा डुबेर नुवाकोट ककनी गाउँपालिकामा १ मा दुई जनाको मृत्यु भएको छ ।

ओखरपौवास्थित कोल्पखुलामा रहेको बालुवा खानीमा हिजो साढे चार बजे पोखरीमा पौडी खेल्न गएकी १३ वर्षकी बिनिता बलामीको डुबेकी थिइन् ।

डुब्दै गरेकी बलामीलाई बचाउन जाँदा सिन्धुलीकी लक्ष्मी तामाङको पनि निधन भएको प्रहरीले जनाएको छ । दुवैको शव अहिले पनि घटनास्थलमै रहेको छ ।

अवैध रुपमा सञ्चालन गरिएको बालुवाखानीको कारण घटना भएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV