२७ श्रावण २०७६, सोमबार
  • अमर काफ्ले

इनरुवा । बकर इर्दमा बिदा नदिइएको भन्दै सुनसरीमा मुस्लिम समूदायले कालो छाता ओढेर सरकारको बिरोध जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको महान पर्वलाई सरकारले उपेक्षा गरेको भन्दै सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा रहेको इदगाहमा कालो छाता ओढेर बिरोध जनाइएको हो ।

भुटाहाको ईदगाह नेपालकै ठूलो बताइन्छ । विशेष नमाजकालागि भेला भएका मुस्लिम समूदायले आफुहरुको पर्वलाई सरकारले बेवास्ता गरेको भन्दै बिरोध जनाएका हुन् ।

गाउँपालिका अध्यक्ष तथा मुस्लिम अगुवा गफार अन्सारीले सरकारले मुस्लिम समूदायमाथि भेदभाव गरेको आरोप लगाउनु भयो ।

सबै जातजाति र वर्गलाई समान व्यवहार नगरिएकाले विशेष पर्वका बाबजुत सरकारको बिरोधमा उत्रन बाध्य भएको अन्सारीले बताए । सरकारी बेवास्ता र उपेक्षामा परेको बताउने सुनसरीका मुस्लिम अगुवाहरुले केन्द्रमा रहेर मुस्लिक हकअधिकारको वकालत गर्नेमाथि आक्रोस समेत पोखेका छन् ।

LIVE TV