२७ श्रावण २०७६, सोमबार
  • रामगोपाल तमखु

भक्तपुर । साउन महिनाको अन्तिम सोमवार केदारनाथको शिर डोलेश्वरमा भक्तजनको भिड लागेको छ । विहान तीन वजे देखि भगवान शिवको दर्शनका लागि सर्वसाधारणको भिड लागेको थियो ।

साेमबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगश भटराईले डोलेश्वर महादेवको दर्शन गर्नुभएको छ । दर्शन पछि बोल्दै मन्त्री भट्टराईले धार्मिक, प्राकृतिक देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउनु भयो । केदारनाथको शिर डोलेश्वर मन्दिरका धार्मिक तिर्थ स्थलका रुपमा बिकास हुँनु राम्रो भएको बताउँदै मन्त्री भटराईले मन्दिरको बिकासमा तीनै तहको सरकारको सहयोग रहने बताउँनु भयो ।

डोलेश्वर मन्दिर क्षत्रेका बिभिन्न समस्याको पहिचान गरि भक्तजनका लागि सहज बनाउन आफुले पनि पहल गर्ने मन्त्री भट्टराईले बचन दिनु भयो । प्राकृतिक सम्पदा देखि अन्य सम्पदाको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताउदै उहाँले सबै क्षेत्रले समन्वय गरेर भक्तपुरको बिकासमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

साथै सो अवसरमा पूर्वउप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि डोलेश्वरको दर्शन गर्नु भएको छ । दर्शनपछि संक्षिप्त प्रतिकृयादिदै निधिले डोलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै यस क्षेत्रको विकासमा आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।

साउनको महिनासँगै हरेक बर्ष श्रावणी मेला लगाउँदै आएको डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला सञ्चालन भइराखेको छ । मेलामा उपस्थित भक्तजनहरुले चढाएको भेटीको रकमले मन्दिर निर्माणमा सहयोग पुग्ने अपेक्षा डोलेश्वर संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV