२७ श्रावण २०७६, सोमबार

काठमाडौं । स्वास्थ्य उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता हुनुभएको छ । निजी भ्रमणको लागि सिंगापुर पुग्नुभएक ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुग्नुभएको छ ।

साउन १८ मा सिंगापुर प्रस्थान गर्नुभएको ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा ओलीको स्वास्थ्य परीक्षण गराउनुभएका थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV