२७ श्रावण २०७६, सोमबार

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमित उडान गर्ने भएको छ ।जापानमा बस्ने नेपाली समुदायको चाहना एवम् जापानिज नागरिकहरूको मागलाई मध्य नजर गर्दै नेपाल वायुसेवा निगमले अगष्ट २९ तारिख २०१९ बाट जापानको ओसाकामा नियमित उडान गर्ने भएको हो।

सुमेघ टुर्स एण्ड ट्राभल प्रा.लि. सँग ओसाकाको नियमित उडानका साथै निगमको विमानबाट नारिता विमानस्थल सम्म २ वटा चार्टर उडान समेत हुने सम्झौता गर्ने भएको छ । यी चार्टर उडान काठमाडौं–नारिता–काठमाडौं बीच सेप्टेम्बर र अक्टोबर महिनामा हुनेछन् र पहिलो उडान २६ सेप्टेम्बर बिहीबार काठमाडौंबाट नारिता गई २७ सेप्टेम्बर शुक्रबार काठमाडौँ फर्कने छ । यस्तै दोश्रो उडान अक्टोबर २ तारिख बुधबार गई अक्टोबर ३ तारिख बिहीबार फर्कने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार चार्टरका लागि काठमाडौं–नारिता–काठमाडौंको उडान १४ घण्टा ३० मिनेटको हूनेछ, भने नेपाल वायूसेवा निगमको वाईडवडी ए३३०–२०० विमानबाट जापानको नारिता सम्मको चार्टर उडानको थालनी हूने भएको छ । नारिता र ओसाका उडानले नेपाल र जापानको पर्यटन प्रवर्दनमा उल्लेखनीय योगदान पूग्नूका साथै यात्राहरूले सुविधापूर्ण सेवा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV