२७ श्रावण २०७६, सोमबार

विराटनगर । करेन्ट लागेर मोरङमा एकको मृत्यु भएको छ । जिल्लाको ग्रामथान गाउँपालिका ७ का ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको हो ।

घरमा विद्युत जडान गर्नेक्रममा करेन्ट लागेर व्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार उनलाई गएराति ९ बजे करेन्ट लागेरको थियो । त्यसपछि गम्भीर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV