२७ श्रावण २०७६, सोमबार

काठमाडौँ । उदयपुरमा खोलाले बगाउँदा ६६ वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका-१ आम्बासीका राजकुमार तामाङ लाई काली खोलाले बगाउँदा मृत्यु भएको हो ।

तामाङलाई स्थानीय खोलाले बगाएको भनी सूचना पाएलगत्तै भागलपुरको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

खोजतलास गर्ने क्रममा प्रहरीले काली खोलाको दोभानमा तामाङको शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV