२७ श्रावण २०७६, सोमबार

काठमाडाैँ, २७ साउन। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले विगत तीन दशकमा कृषिको विकास हुन नसकेको स्वीकार गर्नुभएकाे छ । उहाँले अहिलेकाे भन्दा पञ्चायतकालमा बरु कृषि उत्पादन राम्रो भएको जिकीर गर्नुभयो ।

कृषिका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजित एसियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने दाबी गर्नुभयो । उहाँले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिनुभयो ।

२१ देखि ३५ वर्षका युवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताउँदै मन्त्री खनालले नेपालको कृषि क्षेत्र अहिले वर्तमान पञ्चायत कालीनभन्दा पनि खतम भएको तर्क गर्नुभयाे । उहाँले विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र पनि कृषि क्षेत्र सुधार हुने दावी गर्नुभयो । किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभास परियोजना ल्याइएको समेत उहाँले जानकारी दिनुभयाे ।

मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको उहाँकाे भनाइ थियाे । कृषिलाई आधुनिकीकरण प्राज्ञारिक र अग्रानिक तरिकाले गर्नका लागि छुट्टा छुट्टै योजना बनाइएको र तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने समेत उहाँले बताउनुभयाे ।

विषादी परीक्षण नरोकिने

कार्यक्रममा बोल्दै खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तर्राष्ट्रिय स्तरको ल्याब भने सम्भव नभएको बताउनुभयो । विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेकजाँच ऐन ल्याउन लागेको जानकारी उहाँले ऐन आएपछि समस्या समाधान हुने विश्वास दिलानुभयाे ।

अहिले पनि विषादी परीक्षणका तीनवटा ल्याबलाई बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेसक्ने र विषादी परीक्षणका धेरैजसो समस्याहरु समाधान हुने दाबी गर्नुभयाे ।

मन्त्री खनालले यूवाहरुको बढ्दो विदेश पलायनका कारण ४२ प्रतिशत जमिन बाँझो हुन पुगेको बताउँदै सरकारले अर्गानिक र आधुनिकीकरण योजनाबाट १० वर्षमा मुलुकको कृषि क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV