२७ श्रावण २०७६, सोमबार
  • तारा आचार्य

विराटनगर, २७ साउन । विराटनगरका मुस्लिम समुदायले सोमबार मुस्लिम समुदायको सुस्वास्थ्य र दीर्घायु तथा मुलुकमा शान्ति र स्थायित्वको कामना गर्दै बकर ईद पर्व मनाएका छन् ।

उनीहरुले स्थानीय मस्जिद र ईदगाहमा भेला भई बकर ईदको नमाज पढेका थिए । नमाजपछि आपसमा गला मिलाएर रीस, राग र द्वेषको अन्त्य गर्दै भातृत्वको कामना समेत गरेका छन् । नमाजपछि उनीहरुले आ–आफ्नो घरमा बाख्रालाई कुर्बानी दिने गर्दछन् । कुर्बान गरिएको खसीलाई तीन भाग लगाएर एक भाग आफुले, अर्को गरीब र दिनदुखीलाई र तेस्रो आफन्तलाई दिने परम्परा रहेको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा पैगम्बर इब्राहिमले आफ्नै प्यारो छोरालाई कुर्बान गरेकोले बाख्रा कुर्बानी दिने परम्परा शुरु भएको विश्वास रहेको छ । विराटनगर महानगरपालिकाले बकर ईद पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ ।

(तस्वीर : तारा आचार्य)

प्रतिक्रिया दिनुहोस्
LIVE TV