२७ श्रावण २०७६, सोमबार

काठमाडाैँ । रातभरिकाे वर्षातले धूलाेमैलाे र हुस्सु पखालिएकाे हुन्छ । बिहानै घामकाे टन्टलापुर झुल्काे शहरमा पर्दा अर्कै चमक देखिन्छ । घरहरु टिलिक्क टल्किएका देखिन्छन् । तर आकाश पूरै खुलेकाे हुँदैन र ठाउँठाउँमा उपत्यकाकाे डाँडाकाँडाबाट कुहिराे उठिरहेकाे हुन्छ ।

यस्ताे दृश्य काठमाडाैँमा वर्षात र शरद ऋतुकाे बेला यदाकदा देखिन्छ, जुन मनाेहर पनि लाग्छ । यस्तै दृश्य आज बिहान ६ बजे पनि देखियाे । कपन हाइटबाट देखिएकाे याे दृश्यलाई केही तस्वीरमा कैद गरियाे, माेबाइलबाट ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV