२७ श्रावण २०७६, सोमबार

काठमाडाैँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्द्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बर्द्धनले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV