२६ श्रावण २०७६, आईतवार

काठमाडौं । प्लास्टिकको बढ्दो प्रयोग विश्वकै चिन्ताको विषय बनेको छ । यसले प्राकृतिक सुन्दरता समाप्त पार्ने मात्र होइन, कतिपय जीव नै समाप्त हुने गरेको छ । त्यसैले यसको प्रदुषणबाट बच्न इन्डोनेसियामा मानिसहरु प्लास्टिकका बोतल र डिस्पोज हुने खालका कप हातमा लिएर लाइन बस्छन् ।

इन्डोनेसियाको सुरबाया शहरले प्लास्टिकको प्रयोगबाट हुने प्रदूषण कम गर्नका लागि उदाहरणीय कदम चालेको छ । इन्डोनेसियाको सुरबाया शहरस्थित एउटा बसपार्कमा मानिसहरु प्लास्टिकका बोतल र डिस्पोज हुने खालका कप हातमा लिएर लाइन बसेको दृश्य देख्न सकिन्छ । मानिसहरु प्लास्टिकका फोहोर दिएर बसको टिकट काट्ने गर्छन् ।

प्लास्टिकको प्रयोग यस कार्यसँगै इन्डोनेसियाले यस समस्याबाट छुटकारा पाउन समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोर सन् २०२५ सम्म ७० प्रतिशतसम्म कम गर्ने लक्ष्य लिएको छ ।

यो लक्ष्य प्राप्त गर्नका लागि इन्डोनेसियाले प्लास्टिकजन्य फोहोरहरु रिसाइक्लिङ गर्ने, जनचेतना फैलाउने तथा प्लास्टिकका सामानको प्रयोगमा रोक लगाउनेसम्मका योजना अघि सारेको छ ।

हरेक हप्ता निःशुल्क यात्राका लागि १६ हजार यात्रीले प्लास्टिकका फोहोर दिएर बसको टिकट काट्ने गरेका छन् । बसमा एक घण्टासम्मको दूरीमा यात्रा गर्न सफा र नफुटेको तीन वटा ठूला बोतल, पाँच मध्यम खालका बोतल वा दश वटा प्लास्टिकका कप दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV