२६ श्रावण २०७६, आईतवार
  • देवराज पन्त,

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्लासभा समितिका सभापति रघुनाथ खुलालको अध्यक्षता आइतबार सम्पन्न भएको छ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले हाल प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै यो विषय प्रदेश सभाबाट दुईतिहाई बहुमतले पारित गरिने विषय भएको टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री पौडेलले राजधानीका लागि भौतिक संरचना, रणनीतिक सुरक्षा लगायत प्रमुख विषयमा भने सबैले ध्यान दिनु पर्ने उनको भनाइ थियो । सभामा समितिका सभापति रघुनाथ खुलालले आर्थिक बर्ष २०७६÷०७७ को प्रतिवेदन सार्वजनिक गरेका थिए ।

उनले जिल्लाका भुकम्प पीडितहरुको निजी भवन निर्माण, नदिजन्य पदार्थको नियमन तथा अनुगमन, स्थानीय सरकारका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम, जिल्लामा उत्कृष्ट कार्य गर्ने कृषक, व्यवसायी सहित शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई सम्मान र सहयोग गर्ने नीति लिएको बताएका छन् ।

सचेत, स्वस्थ्य, श्रृजनशील, समुन्नत, सुन्दर मकवानपुर मूल नाराका साथ समितिले कार्य गरिरहेको छ । हाल २०७५÷०७६ को बजेट अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि जिल्लाको दुई निर्वाचन क्षेत्रमा विनियोजित आठ करोड रुपैयाँबाट प्रत्येक पालिकामा न्युनतम १ वटा योजना पर्ने गरी २०÷२० योजनाहरु सञ्चालन भईरहेको जानकारी दिइएको थियो ।

सभामा जिल्लाका कार्यालय प्रमुख, राजनैतिक दलका जिल्ला स्तरीय प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV