२६ श्रावण २०७६, आईतवार

ललितपुर । आउँदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तिजको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

जस्तै जस्तै हरितालिका तिज नजिकै आइरहेको हुन्छ त्यस्तै त्यस्तै गाउँ शहरहरुमा तिजको दरखाने कार्यक्रमको चहलपहल देख्न सकिन्छ । यस बर्षको तिज नजिकै आईरहदा तिजका कार्यक्रमहरु पनि सुरु हुन थालेका छन् ।

यसैबीच पतञ्जली योग समिति ललितपुर महानगरपालिका चुम्लुङ्गले शनिबार ललितपुर स्थित महालक्ष्मी स्थानमा शुभकामना आदानप्रदानका साथै तिजलाई तड्क भड्क, बिकृतीका रूपमा नभएर सस्कृतीको निरन्तरताका रूपमा लिनुपर्ने सन्देश दिएका छन् ।

पतञ्जली योग साधना केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै पतञ्जली योग समितिकी महिला प्रमुख योग गुरु अर्चना घिमिरेले पछिल्लो बर्षहरुमा तिजका कार्यक्रमहरु फेसनका रूपमा बढ्नुले हाम्रो समाजमा हुने खानेले मात्रै तिज मनाउने हो भन्ने जस्तो रूपमा विकसित हुनु हाम्रो समाजका लागि बिडम्बना हुने बनाउनु भयो । तिजलाई परापुर्वकाल देखी जसरी मनाउदै आएका थियौ त्यसरी नै यो पर्वलाई मनाउन आग्रह गर्नु भयो ।

कार्यक्रमका दौरान पतञ्जली योग समिति ललितपुर महानगरपालिकाकी अध्यक्ष बिमला निरौलाले तिजको बेला स्वस्थ र शुद्ध खानपिनमा ध्यान दिन आग्रह गर्नुका साथै हरितालिका तिजको उपलक्ष्यमा अग्रिम शुभकामना दिनु भएको थियो । करिब ५ घण्टासम्म चलेको कार्यक्रममा ग्रुप नृत्य र एकल नृत्यमा उत्कृष्ट भएका नृत्यकारहरुलाई र ९० बर्षिया हजुर आमालाई सम्मानित समेत गरिएको थियो ।

सब्य भब्यताका साथै सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका करिब ३ सय सय जना महिलाहरुको सहभागीता रहेको चुम्लुङ्ग योग साधना केन्द्रकी योग प्रशिक्षक एवं शुभकामना आदानप्रदान कार्यक्रमकी सयोजक बिन्दु बुढाथोकीले जानकारी गराउनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV