२६ श्रावण २०७६, आईतवार

काठमाडौं । आइतबार शेयर बजारमा परिसूचक नेप्से घटेको छ । वित्तीय बजारमा राष्ट्र बैंकले जारी गरेको स्प्रेडदरको सुत्र र पूँजी बजारमा लाभकरको विवाद अझै समाधान नहुँदा नेप्से दवावमा रहेको छ ।

शेयर बजारमा परिसूचक नेप्से घटेको छ । सरकारले तीन दिनमै पूँजीगत लाभकरको विषय टुङ्ग्याउने बताएपनि आइतबार सम्म समाधान नहुँदा लगानीकर्ता निरास बनेका छन् । त्यस्तै स्प्रेडदरको शुत्र परिवर्तन भएपछि लगानीकर्ताले शेयरको माग कम गरेका छन् । त्यरको असर पनि बजारमा देखिएको लगानीकर्ताहरुको भनाई छ । आइतबार नेप्से ४ दशमलव ८४ अंकले घटेर १ हजार २ सय ३३ दशमलव ७४ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि घटेको छ । लगानीकर्ताको चहलपहल पनि घटेकाले कारोबार रकम पनि घटेको छ । १ सय ६६ कम्पनीको ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका अधिकांश समुहहरु घटेका छन् । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयरकारोबार बढी देखिएको छ ।

साल्ट ट्रेडिङका शेयरधनीले ९ प्रतिशत बढीले कमाएका छन भने एनसिसि बैंकका शेयरधनीले ९ दशमलव ९१ प्रतिशतले गुमाएका छन् । त्यस्तै जोसि हाइड्रोपावर र पाँचथर हाइड्रोपावरका शेयरधनीले पनि ८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV