२६ श्रावण २०७६, आईतवार

काठमाडौं । गायक तथा संगीतकार यमन माझीको निर्देशनमा बनेको ‘असारे मानो’ सार्वजनिक भएको छ । कृष्ण बस्नेत र संगीता शाक्य थापाको आवाजमा रहेको ‘असारे मानो’ गीतको भिडियो सार्वजनिक भएको हो । मानो छरेर मुरी उब्जाउने असार महिनाको विषयमा बनेको यस गीतको भिडियोमा अर्जुन खड्का र निर्मला श्रेष्ठ फिचर्ड छन् ।

गीतमा गायक बस्नेतकै शब्द तथा संगीत पनि रहेको छ । निर्देशक यमन माझीले गीतको मर्म अनुसार भिडियोलाई उत्कृष्ट बनाएका छन् । गीतको भिडियोलाई रुपेश माझीले खिचेका हुन् भने अर्जुन खड्काले सम्पादन गरेका हुन् ।

निर्देशक माझी गायक, संगीतकार तथा अभिनेता समेत हुन् । उनले एक्स्ट्रा माया र माझी भाषी फिल्म मोङो डोङा–२ मा मुख्य अभिनेताको रुपमा काम समेत गरिसकेका छन् । साथै उनको निर्देशनमा कयौं भिडियोहरु सार्वजनिक भइसकेका छन् । केही भिडियोहरुमा आफैले मोडलिङसमेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV