२६ श्रावण २०७६, आईतवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानूनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ ।

सर्वोच्च अदालत बार एशोशिएशनले आईतबार ललितपुरमा गरेको कार्यक्रममा उहाँले कानुन र न्यायका क्षेत्रमा आएका नविनतम मान्यताहरुको जानकारी सम्बन्धित सबै पक्षमा हुन जरुरी रहेको पनि बताउनुभयो ।

प्रधानन्यायाधीश जबराले स्वतन्त्र, निष्पक्ष एवम् सक्षम न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ भएको उल्लेख गर्दै त्यसलाई सार्थक तुल्याउन न्याय सम्पादन कार्यमा संलग्न सबै क्रियाशील हुनुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV