२६ श्रावण २०७६, आईतवार

विर्तामोड । झापामा एक बालकको डुबेर ज्यान गएको छ । भद्रपुर नगरपालिका–१० का १२ वर्षीय सुमन जोगीको माछा पोखरीमा डुबेर ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसा शनिबार उनकाे शव साँझ पोखरीमा डुबेकाे अवस्थामा भेटिएको हो ।

परिवारका अनुसार सुमन शनिबार बिहानै खेल्न भनेर घरबाट निस्किएका थिए । साँझसम्म सुमन घर नफर्कीए पछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । खोज तलासको क्रममा सुमनको शव विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनको कपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनको शव पोष्ट मार्टमपछि परिरवारले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV