२६ श्रावण २०७६, आईतवार

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति स्वीडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।

एट्लेटिको जितमा थाेमस लेमार र पोर्चुगलका युवा खेलाडी जोओ फेलिक्सले एक/एक गाेल गरेपछि पोर्चुगलकै सुपरस्टार क्रिस्टियानो रोनाल्डो टिम युभेन्टस पराजित भएकाे हाे ।

खेलको २४औं मिनेटमा थाेमसले गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए । थाेमसले गोल गरेका पाँच मिनेटमै युभेन्टसका सामी खेडिराले गोल फर्काए तर, ३३औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई खेलमा २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको २–१ ले विजयी हुन सफल भयो । यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट ११३ मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिड पुगेका फेलिक्सले सुरुवातमै क्लबमा उच्च प्रदर्शन गर्दै प्रभाव जमाउने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV