२६ श्रावण २०७६, आईतवार

काभ्रे । धुलिखेलमा वन क्षेत्रको १३ रोपनी जग्गालाई व्यक्तिगत बनाएर बिक्री गरेको पाइएको छ। धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन क्षेत्रको जग्गा तत्कालीन वडाध्यक्ष बलराम पराजुलीले आफ्नो बनाई बेचेका हुन्।

खरिद गर्ने समूहले छुट दर्ता गरी थप २ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेकाे छ। २०३२ सालमा आफ्नो नाममा नापी गराएको कित्ता नम्बर १४ को ९ रोपनी ८ आना र १५ नम्बर कित्ता वनको ११ रोपनी २ पैसा जग्गा गरी २० रोपनी ८ आना जग्गा पराजुलीले बैंकमा धितो राखेर कर्जा लिएका थिए।

लिलाम हुने स्थिति भएपछि पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली, पुरानो झाँगाझोली–९ का बबिता खत्री, भोजपुर च्याग्रे–६ का झुमादेवी, साविक काभ्रे नित्यचण्डेश्वरी–२ का विदुरबहादुर बस्नेत र शारदाबतासे–३ का रवीन्द्र अधिकारीका नाममा सगोलमा पास गरिदिएका थिए। लालपुर्जामा २० रोपनी ८ आना १ पैसा २ दाम क्षेत्रफल भए पनि मालपोत कार्यालयमा छुट दर्ता निवेदन दिएर २ रोपनी सार्वजनिक जग्गा पनि उनले दर्ता गरिदिएका थिए ।

वडामा निवेदनसमेत नदिई विभागको स्वीकृतिबिनै छुट जग्गा दर्ता गराएर जग्गालाई २२ रोपनी कायम गरिएको समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV