एउटै युवती १० जनालाई देखाएर ‘डिपेन्डेन्ट भिषा’मा अस्ट्रेलिया पठाउने कन्सल्टेन्सीको ठगी धन्दा (भिडियो)



प्रकाशित मिति : Aug 10, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. वडा अध्यक्षसहित आठ जनालाई प्रहरी हिरासतमा राखी मन्त्रीले गरे धर्मशाला उद्घाटन
बारा । भवन निर्माणमा अनियमितता छानबिन चलिरहेको बाराको परवानीपुर गाउँपालिका ५ मा नवनिर्मित रामजानकी धर्मशाला प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् । अख्तियारले छानविन गरिएको भन्दै वडा अध्यक्षले विरोधमा उत्रिएपछि परवानीपुर ५ का वडाअध्यक्ष रामेश्वर शाह सहित विरोधीहरुलाई प्रहरी हिरासतमा राखी मन्त्री सोनलले दुई कोठे भवन उद्घाटन गरेका हुन् ।

२. काठमाडौं उपत्यकाका शौचालय छिर्नै सकिन्न !
काठमाडौं । १० लाख मानिस बस्ने काठमाडौं महानगरपालिका भित्र जम्मा ४५ वटा मात्रै शौचालय छन्, त्यो पनि अधिकांश छिर्न नसकिने अवस्थामा छन् । अहिले काठमाडौमा कतै बाहिर हिँड्दा शौचालय जानुप¥यो भने कि रेष्टुरेण्टहरुमा, कि मलहरुमा छिर्नुपर्छ । महानगरमा भएका सार्वजनिक शौचालय ज्यादै फोहोर छन् । काठमाडौं महानगरले शौचालय व्यवस्थापनका लागि विभिन्न व्यक्ति र संस्थालाई लिजमा दिएको छ ।

३. ‘डिपेन्डेन्ट भिषा’मा अष्ट्रेलिया पठाईदिन्छु भन्दै एउटै केटी देखाएर ठगी धन्दा !
काठमाडौं । काठमाडौंको एक कन्सल्टेन्सीले एउटै युवतीसँग नक्कली विहे गरेर ५ जनालाई अष्टे«लिया पठाइदिन्छु भन्दै लाखाँै ठगी गरेको छ । काठमाडौंको पुतलिसडकमा रहेको क्वीन्सल्याण्ड कन्सल्टेन्सीले नक्कली विवाह गराएर श्रीमान–श्रीमतीका रुपमा अष्ट्रेलिया पठाइदिने भन्दै एउटै युवती देखाएर धेरै युवालाई ठगी गरेको पाइएको छ ।

४. फलोअप– दुई जना तिब्बती नागरिकको नेपाली नागरिकता खारेज
पोखरा । हामीले कार्यक्रममा दुई जना तिब्बती मुलका महिलाले नक्कली नागरिकता बनाएको देखायौं । पोखरा महानगरपालिका वडा नं १८ बस्ने लेख बहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०७६/०२/२६ मा सरु थापा मगरको नाममा ४६/०१/०७६/२०३९ नम्बरको र तासी आङ्गो थापा मगरको नाममा २०७६/०३/०६ मा ४६/०१/०७६/०१६३३ नम्बरको दुइवटा नागरिकता जारी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com