२५ श्रावण २०७६, शनिबार

पोखरा । हामीले कार्यक्रममा दुई जना तिब्बती मुलका महिलाले नक्कली नागरिकता बनाएको देखायौं । पोखरा महानगरपालिका वडा नं १८ बस्ने लेख बहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०७६/०२/२६ मा सरु थापा मगरको नाममा ४६/०१/०७६/२०३९ नम्बरको र तासी आङ्गो थापा मगरको नाममा २०७६/०३/०६ मा ४६/०१/०७६/०१६३३ नम्बरको दुइवटा नागरिकता जारी भएका थिए ।

यी दुई नाम गरेका महिला तिब्बती मुलका नागरिक भएको जिल्ला प्रशासन कार्यालय कास्कीले गरेका छानविनमा देखिएको छ । जिल्ला प्रशासन कास्कीले अहिले उनीहरुको नागरिकता रद्ध गरिसकेको छ ।

ती महिलाहरुलाई नागरिकता दिलाउन लेखवहादुर थापाले विभिन्न प्रपञ्च गरी फर्जी कागजात तयार गरेका थिए । यस बिषयमा वडा नं १८ का वडाध्यक्ष रण बहादुर थापा तथा वडा सचिव सहित कर्मचारीको मिलेमतो भएको देखिन्छ ।

वडाको सिफरिसमा वडाध्यक्षको हस्ताक्षर र वडाबासीको पहिचान बिना नै नागरिकता जस्तो सम्बेदनशिल कागजातका लागि सिफारिस गरिनु आफैमा शंकास्पद छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV