२५ श्रावण २०७६, शनिबार

एजेन्सी । भूकम्प प्रतिरोधात्मक घरको बारेमा त पक्कै सुन्नु र देख्नुभएको होला । तर, कहिले तपाईले परमाणुबाट समेत कुनै क्षति नपुग्ने घरको बारेमा सुन्नुभएको छ ? आफ्नो घर सुरक्षित होस् भन्ने चाहना कसलाई पो नहोला र ?

विश्वकै सबैभन्दा सुरक्षित घरको बारेमा चर्चा गरिरहँदा पोल्याण्डमा एउटा यस्तो घर छ, जुन परमाणुले समेत कुनै असर गर्दैन । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए र त्यसको जिम्मा पोल्याण्डको चर्चित आर्किटेक्चर फर्म केडब्ल्यूके प्रोम्मले लियो ।

उनको माग अनुसार कम्पनीले यस्तो घर बनाइदियो की जसले संसारलाई नै अचम्मित पारिदियो । यो घरको सबैभन्दा ठूलो विशेषता त के छ भने एउटा बटन दबाउँदा बित्तिकै यो घर तल–माथि, अघि–पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुन्छ ।

त्यसरी छोपिँदा यो घर कुनै बन्द किल्ला जस्तो देखिन्छ । जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्दछ, त्यो पनि घरको मालिकले चाहेमा मात्र । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर नपार्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV