सडक सभ्यता र दुर्घटना न्यूनीकरणका लागि पोखराका सडकमा रोड डिभाइडर राख्न थालियो (भिडियो)



प्रकाशित मिति : Aug 10, 2019

१. प्राकृतिक सौन्द्र्धयको मादकताले मस्त पोखरा अब इतिहासलाई पनि जीवन्त बनाउने प्रयासमा

इतिहास मेटिए त्यो मुलुकको हाल के होला ? पक्कै पनि इतिहास मेटिदा त्यस्को असर मुलुकले भोग्नै पर्छ । गर्विलो इतिहास बोकेको नेपाली त्यही गर्विलो इतिहासकै कारण विश्वमा नै नेपालले अलग छवि बनाउन सफल भएको छ ।

तर २०६२÷६३ सालमा भएको आन्दोलन पछि नेपालको चलेको अचम्मको लहडले इतिहासमा धेरै गर्विलो पानाहरु च्यात्ने र मेट्ने घृष्टताहरु गरिए र भए । यो कार्यले मुलुक भित्र द्धेषमात्र बढेन, यो देशको एकीकरण गर्नेदेखि लिएर देशका लागि मरेका सपुत र शहीदहरु पनि पार्टीको कित्तामा बाडिन बाध्य पारिए ।

तर पोखरा महानगरपालिकाले अब यो गल्ती दोहोरि नदिने र भएका गल्तीलाई पनि सच्याउने भन्दै अघि बढाएको अभियानलाई सार्थकताको नजिक पु¥याएको छ । महानगरले बनाएको शहीद पार्कको माथिल्लो भागमा मुलुक एकीकरणका नायक अर्थात सुत्रधार पृथ्बीनारायण शाहको शालिक राखिएको छ भने अन्य भागमा देशका लागि शहीद बनेका बिभिन्न शहीदहरुको शालिक रहने भएको छ ।

नयाँ नयाँ गन्तव्य पनि थप्दै हिडेको पोखरा महानगरपालिकाले भ्रमण बर्ष ट्वान्टी ट्वान्टीमा आउने पर्यटकलाई आफ्नो प्राकृतिक मादकता मात्र नभएर भौतिक संरचनाले पनि लठ्याउने निश्चित देखिन थालेको छ ।

२. सडक सभ्यता र दुर्घटना न्यूनीकरणका लागि पोखराका सडकमा रोड डिभाइडर राख्न थालियो

स्मार्ट बन्ने रहरमा छ पोखरा । उस्को यो अभियानलाई सार्थकता प्रदान गर्न पोखरा महानगरपालिकाले ध्यान पु¥याउनु पर्ने ठाउँ भने धेरै छन् । पोखराको लोभलाग्दो छविमा कालो धब्बा बनेको अव्यस्थित सडकले पर्यटकलाई प्रश्न उठाउने धेरै ठाउँ राखेको छ नै ।

अव्यवस्थित सडकमाथि थपिदो सवारी साधन र त्यस्ले निम्त्याउन थालेका अप्रिय र अनिष्ट घटनाको न्यूनीकरण गर्दै सभ्य शहरको सन्देश दिन पनि सडक सभ्यता लागू गर्न जरुरी भइसकेको छ पोखरामा । यही अवस्थालाइ मध्यनजर गर्दै पोखरा महानगरपालिकाले सडक सुधार कार्यक्रम अघि सारेको छ ।

सडकमा रोड डिभाइडर राखेर दुर्घटना न्यूनीकरण मात्र नभई सडक सभ्यता लागू गर्न पोखरा महानगर कस्सिएको छ यतिखेर ।

३. २० लाख पर्यटक उतार्ने प्रयासमा रहेको पोखरामा अब ट्राफिक लाइट पनि बाल्ने तयारी गरिदै

पोखराले भ्रमण बर्ष ट्वान्टी ट्वान्टी अवसरसहित अन्य बिभिन्न चाँजोपाँजो मिलाएर २० लाख बढी विदेशी अतिथिको स्वागत गर्ने तयारी गरेको छ । त्यसमाथि पनि नेपालमा हुन गइरहेको १३ औ दक्षिण एसियाली खेलकुद सागको पनि धेरै खेलहरुको आतिथ्यता पोखराले गर्दैछ । त्यसैले पनि पोखराको सवारी व्यवस्थापन चुस्त र दुरुस्त राख्न आवश्यक छ ।

रोड डिभाइडर राखेर दुर्घटना न्यूनीकरण र सडक सम्यतामा ध्यान पु¥याएको पोखराले सवारी आवागमनको भद्रगोलको थप व्यवस्थापनमा ध्यान दिदै ट्राफिक लाइटको पनि व्यवस्था गर्न थालेको छ । बढ्दो सवारी चापसंगै ट्राफिक लाइटको अभावमा पोखरामा सवारी व्यवस्थापन झञ्झटिलो बनेपछि पोखराको प्रत्येक चोकमा अब ट्राफिक लाइटको व्यवस्था गर्न लागिएको छ ।

देशको संघीय राजधानीले नसकेको एउटा कार्य गण्डकी प्रदेशको राजधानीले गरेर देखाउने भएपछि पोखराको पहिचानमा अर्को हरफ पनि थपिने भएको छ अब ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com