विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो ! (भिडियो)



प्रकाशित मिति : Aug 10, 2019

१.विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो

बरु मंहगो नै खानु परोस् तर विषादी हालेको खानु नपरोस’ अहिले पूर्वको बजारहरुमा चर्चामा रहेको उपभोक्ताहरुको आवाज हो यो । भारतबाट आयात हुने तरकारीमा विषादीको भण्डार नै रहेको जानकारी सार्वजनिक भएपछि अहिले गाउँघरमा नै उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

पूर्वका बजारहरुमा यतिखेर मुलुककै ग्रामीण क्षेत्रमा उत्पादित तरकारीप्रति उपभोक्ताहरु लोभिएका छन् । बर्षातको समयमा तरकारी कम उत्पादन हुने हुँदा ग्रामीण क्षेत्रका वासिन्दालाई बजारको माग धान्न समस्या परिरहे पनि आफुहरुको उत्पादनले बजार पाएपछि उनीहरु भने हर्षित देखिएका छन् ।

यतिखेर गाउँघरमा पाइने काक्रा, अकबरे खुर्सानी, स्कुस, करेला र फर्सीको मुन्टाले बजार मनग्ये पाउँदा इलामका ग्रामीण क्षेत्रका किसानहरु भाग्य फेरिहएको महसुस गर्दै गर्दा झापाका उपभोक्ताहरु पनि पहाडी भेगमा पाइने तरकारीप्रति नै झुकाव बढाउन थालेका छन् ।

उपभोक्ताहरु आफ्नो भान्सामा विषको प्रवेश रोकिएको भन्दै हर्ष पनि व्यक्त गरिरहेका छन् । तर सरकारी तवरबाट स्थानीय कृषकलाई कुनै सहयोग नहुँदा किसानहरु भने बजारको मागलाई सदैव सम्बोधन गर्न नपाइने हो कि भन्दै पिरोलिएका छन् ।

२. ढुवानीको समस्या देखाएर दूध विक्रि घटेपनि कुराउनी र घिउ बनाएर आम्दानी बढाउदै किसानहरु

पहाडी भूभागमा दूधको उत्पादन बढेपनि त्यस अनुरुपको बजार नहुँदा किसानहरु दूधको विकल्पको बजारमा जुटेका छन् । ढुवानीको समस्या देखाउँदै तेह«थुमको ग्रामीण क्षेत्रबाट दूध संकलन बन्द भएपछि किसानहरु घिउ र कुराउनी उत्पादन गरेर बजारमा पु¥याउन थालेका छन् । दूध विक्रि ठप्प भए पनि घिउ र कुराउनीको बजार राम्रो रहेकोले तेह«थुमका किसानहरु गाईपालनप्रतिको उत्साहबाट पछि हटेका छैनन् ।

अझ दूग्धजन्य पदार्थको विक्रि वितरण गर्ने स्थानीय दूग्ध सहकारी संस्थाहरुले किसानहरुलाई कुराउनी बनाउने मेसिन नै उपलब्ध गराएर किसानहरुबाट उत्पादित कुराउनी खरिद गरिदिन थालेपछि तेह«थुमका किसानहरु दूध विक्रि भएन भनेर गुनासो पोख्न पनि छाडेका छन् ।

३. विदेशमा बगाएको पसिनाले आर्जन गरेको धन मुलुकमा फर्केर ग्रामीण भेगमा लगानी गर्दै युवाहरु

विदेशमा बगाएको पसिनाले जुटाएको धन नेपालमा आएर लगानी गर्दा त्यस्ले लगानीकर्ताको मात्र नभइ समाज र मुलुकको उन्नतिमा नै योगदान पु¥याउछ भन्ने बुझ्न थालेका युवाहरु अहिले गाउँघरमा पनि पसिना बगाउन थालेका छन् । अहिले भोजपुरका बिभिन्न भेगमा वैदेशिक रोजगारीबाट फर्किएका धेरै युवाहरुको यस्तै लोभलाग्दो लहर देख्न पाइन्छ ।

भोजपुर पौवादुङमा गाउँपालिकाका एक युवाले ५ बर्ष विदेशमा विताएर कमाएको रकमले अहिले गाउँघरका नै ५ युवालाई रोजगारी दिएर कुखुरापालन थालेका छन् । २७ सय कुखुरा पालेका उनले दिनको ११ सय अण्डा बजारमा पु¥याउदै आएका छन् । गाउँघरका युवाहरुमा देखिएको यो उत्साह वास्तवमा भोलिको नेपालका लागि सकारात्मक संकेत पनि हो नै ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com