२५ श्रावण २०७६, शनिबार
  • राजन परियार

सिन्धुली २५, श्रावण । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जा नजिक सुनकोशी नदीमा हाम फालेर काभ्रेको पाँचखाल नगरपालिका–१० की ३४ बर्षीया सरस्वती रायमाझीको मृत्यु भएको छ ।

सुनकोशीमा मुख धुन जाने निहुमा हाम फालेर नदीले बगाउँदा रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको कुशेश्वर मन्दिरमा दर्शन गर्न श्रीमान ओम बहादुर रायमाझी समेत आएका थिए ।

मृतक महिलाको शव सुनकोशी गाउँपालिकास्थित चैनपुरमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV