२५ श्रावण २०७६, शनिबार
  • बद्री अधिकारी

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ दरिङ्गाल खोलामा बालुवा निकाल्नका लागि डोजरले बनाएको खाल्डोमा परी २ जनाको ज्यान गएपछि स्थानीयले स्काभेटरमा आगो लगाएका छन् ।

शनिवार बिहान १० बजे नुहाउनको लागि खोलामा गएका गजुरी गाउँपालिका ७ का १८ बर्षीय भिम बहादुर तामाङ र २१ बर्षीय सुमन तामाङको ज्यान गएको हो । रातभरी स्काभेटरले जथाभावि रुपमा खाल्डो पार्दा नागरिकको ज्यान गएको भन्दै आक्रोसित स्थानीयले तीन वटा स्काभेटरमा आगजनी गरेका छन् ।

घटना स्थलमा प्रहरीको बाक्लो उपस्थिति भएता पनि स्थानीयहरु आक्रोसित बनेका कारण घटनाले ठुलो रुप लिएको हो ।

खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलन गरेकाले प्रशासनले कडाइ गरेको थियो । यद्यपि चोरी दाउमा रातको समयमा अवैध रुपमा स्काभेटर लगाउने गरिएको थियो । गैर कानुनी कामको संरक्षण गर्ने सबैलाई ज्यान मार्ने मुद्दामा पक्राउ गर्नु पर्ने स्थानीयहरुले माग छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV