सबैले भुल्न खोजेका बाम आन्दोलनका शालिन नायक जस्लाई रुपन्देहीले विर्सन मानेन (भिडियो)



प्रकाशित मिति : Aug 10, 2019

१. सबैले भुल्न खोजेका बाम आन्दोलनका शालिन नायक जस्लाई रुपन्देहीले विर्सन मानेन

राजनीतिक चर्चा र सफलताको शिखरमा रहदा मदन भण्डारीलाई यो मुलुकले गुमायो । उनीसंगै गुमे शालीन नेता जीवराज आश्रित पनि । तर आश्रितको अवसान गुमनाम जस्तो नै बन्यो ।

सदैव चर्चामा रहे मदन भण्डारी तर आश्रितको खोजनीति कतै भएन, जति सम्झनु पर्ने थियो त्यति उनलाई कसैले सम्झिएन पनि । तर तत्कालीन मालेको राजनीतिमा अन्यको तुलनामा कम योगदान नगरेका आश्रितको योगदानलाई अमर राख्ने उपायहरु अघि सारिन थालिएको छ ।

सिद्धान्तप्रति निष्ठ र पार्टी संगठनको एक इमान्दार हिमायती आश्रितको नाममा वुटवलमा स्थापित जीवराज आश्रित स्मृति प्रतिष्ठानले उनलाई नजिकबाट बुझ्न र चिन्न धेरै मद्दत गर्नेछ । ढिलो भए पनि नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार योद्धाको योगदानलाई चीर स्मरणीय बनाउने सकारात्मक कार्यको थालनी बुटवलमा भएको छ ।

२. १६ बर्षको उमेरमा नै छोरीको विवाह गरिदिन पाउनु पर्ने माग गर्दै उत्रिए बाबु आमाहरु

सरकारले कलिलै उमेरमा छोरीहरुको विवाह गर्ने चलनलाई निरुत्साहित गर्न नयाँ कानुन अघि सारेको छ । छोरीको विवाहका लागि उमेर हद २० बर्ष लागू गरिएपछि बालविवाह र कलिलै उमेरमा विवाह हुँदा छोरीहरुमाथि आइपर्ने स्वास्थ्य समस्या मात्र नभई समाजमा छोरीमाथि हुन विभेदको अन्त्य हुने विश्वासका साथ अघि सारिएको यो कानूनको विरुद्धमा भने पश्चिम नेपालका मधेसी समुदायका अभिभावकहरु आन्दोलित बनेका छन् ।

छोरीको ढिलो विवाह गर्दा दाइजो धेरै दिनुपर्ने, समाजमा विकृति बढ्ने, छोरीहरु बचाउन समस्या पर्ने जस्ता विलौना लिएर अभिभावकहरु स्थानीय तहसम्म पुगेर धर्ना दिएका छन् । ‘बेटी बचाओ, बेटी पढाओ’ नारा घन्किरहेको तराई मधेशका अन्य भागमा यस्ता माग अघि नसरेपनि नेपालगञ्जमा चर्किएको नाराले भने समाजमा चलेको सम्मान र कुनै समुदायले भोग्दै आएको पीडा र समस्याको सम्मान गर्ने कि नगर्ने भन्ने आवाज पनि उठेको छ ।

छोरीको विवाह १६ बर्षमा नै गर्न पाउनु पर्ने माग गर्दै उत्रिएका उनीहरुको लागि कानूनले गरेको नयाँ व्यवस्थाका लागि विश्वासिलो आधार खडा गरिदिनु पर्ने अवस्था भने सिर्जना भएको छ ।

३. ८१ बर्षीय कृषक जस्को साथमा छ १० माउ गाई र ३ माउ भैंसी, विदेशिन युवालाई पेचिलो जवाफ

८१ बर्षको उमेरमा पनि १० माउ गाई र ३ माउ भैसीको मालिक बनेका छन् – हुमलाल अधिकारी । ४ जनालाई रोजगारी समेत दिएका उनले यही गाईभैसी पालनबाट मासिक १ लाख सम्म आम्दानी समेत गर्न सफल भएका छन् ।

देशभित्र अवसर नदेखेर विदेश गएर पसिना बगाउन रमाउनेहरुका लागि पाका अधिकारी गज्जबको उदाहरण बनेका छन् । उनको यो उत्साह देखेर गाउँघर छरछिमेक पनि अचम्मित बनेका छन् भने अधिकारीले पनि विदेश जाने रहर गर्नु भन्दा नेपालमा नै बसेर श्रम गरे देश र आफ्नो लागि पनि भलो हुने सुझाव दिदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com