२५ श्रावण २०७६, शनिबार
  • सविन लामिछाने

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।

नदी किनारमा शुक्रबार अन्दाजी २६ वर्षीया महिला र सात वर्षको बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद शिलवालले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । अहिले उनीहरुको शव चितवनको भरतपुर अस्पतालमा पठाईएको उनले जानकारी दिए ।

शुक्रबार बिहान त्रिशुलीमा खसेको बसको घटनाबाट नदीमा बगेर आएको शव हुन सक्ने अनुमान प्रहरी प्रमुख शिलवालले लगाएका छन । “घटनाको बारेमा थप अनुसन्धान भई रहेको छ ”, उनले भने, नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV