२५ श्रावण २०७६, शनिबार

काठमाडाैँ, २५ साउन । राजधानी काठमाडौँमा रहेका अनेकौँ समस्यामध्ये एउटा जटिल समस्या हो शाैचालयको । काठमाडाैँमा कतै जानु परे अपर्याप्त र अव्यवस्थित सार्वजनिक शाैचालयका कारण धेरैले समस्या भोग्नुपरेको छ । तर समस्या छ भन्ने जान्दा जान्दै पनि काठमाडौँ महानगरपालिका भने कहिले योजन त कहिले कार्यनिर्देशिकाको बहाना गर्दै टार्दै आइरहेको छ ।

This image has an empty alt attribute; its file name is khulamach-sauchalay-768x512.jpg

काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुलामञ्चअगाडिकोे सार्वजनिक शाैचालयकाे हालत खराब छ । काठमाडाैँमा यस्ता ४५ वटा सार्वजनिक शाैचालयहरु छन् । तर प्राय: शाैचालयहरु प्रयोग गर्न नमिल्ने अवस्थामा छन् ।

खुलामञ्च अगाडीका यो शाैचालय काठमाडौँ महानगरपालिकाले शहरी सेवा समाजलाई ५ वर्षको लागि लिजमा दिएको छ । काठमाडौँ महानगरपलिकालाई शहरी सेवा समाजले वार्षिकरुपमा सम्झौताअनुसार पैसा बुझाउछ । तर उसले कति कमाउछ त्यसको कुनै लेखाजोखा छैन । र त्यसले कुनै राजस्व पनि तिर्नु पदैन । टेन्डर मार्फत जस्ले धेरै रकमको बोलक महानगरपालिकालाई दिन्छ सार्वजनिक सौचालय उसैलाई लिजमा दिने गरिएको छ ।

यो कम्पनीले मात्र होइन लिजमा लिने प्राय कम्पनीले सम्झौताको पालन गरेका छैनन् । सम्झौतामा सौचालय सफा राख्नु पर्ने उल्लेख छ तर सौचालय निकै फोहर र दुर्गन्धित छन् । त्यहाँ समयमा सफा गरिदैन र समयमा पानी हालिदैन । महानगरपालिकाका प्रवक्ता यसलाई संकोच नै नमानी ‘हो फोहोर छ’ भन्नुहुन्छ ।

काठमाडौँ महानगरपालिकाले लिजमा दिइएका शाैचालयहरुबाट बार्षिक ९० लाख रुपैयाँ पाउछ । जुन पैसा शाैचालयका लागि नै खर्च गर्ने गरेको महानगरपालिकाले जनाएको छ । तर उपत्यकाका शाैचालयहरु सौच गर्न जान पनि नसकिने फोहोर र दुर्गन्धित छन् ।

संरक्षण र निगरानी गर्ने निकाय काठमाडौँ महानगरपालिकाको लापरवाही र बेवास्ताका कारण उपत्यकाका सार्वजनिक शाैचालयहारुमा बेतिथि माैलाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV