२५ श्रावण २०७६, शनिबार
  • नारायण नेपाल

कविता

उ पो खरा रैछन् !
ऊ पोखरा रैछन् !
सम्झाएर आउँछु
सम्झाउन नखोजेको हैन
सम्झिएको त मैले नि छैन !
जता भए नि राम्रो
साख हाम्रो !

तिमी जा भन्छौ, म पान खान्छु
मौका त मिलोस् जापान जान्छु !
कमाएर आउँछु
खुट्टा त डेगिलो टेकिन्न
र पनि आशा उमेरले छेकिन्न
हुनु छ चल्तीको
बिनागल्तीको !

‘भार त छ ?’ भन्दा ‘भा… र त छ’ भने
अनि मैले ‘भारत छ’ भनें !
घुमेर आउँछु
मन्द नेटवर्क घुमेको अर्को कुरो
नेटवर्कसँगै घुम्ने बबुरो !
प्रविधिको नशा
सधैंको दशा !

समा चार भन्छिन्, पति एक
समाचार भन्छिन्, हे विवेक !
भेटेर आउँछु
मिडियाबाजी पनि त गर्नु छ
बेतुकनै सही प्रभावमा पर्नु छ !
भारी होस् पल्ला
हल्ला र खल्ला !

प्रतिक्रिया दिनुहोस्
LIVE TV