२५ श्रावण २०७६, शनिबार

दाङ । दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भरि दाङमा २ सय ११ जना महिला घरबाटै हराएका थिए ।

हराएकामध्ये १ सय २६ जना फेला परे भने ८५ जना अझै बेपत्ता छन् । त्यसबाहेक बालिकाहरु ८६ जना हराएकाे शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये ६५ जना बालिकाहरु भेटिए भने २१ जना बेपत्ता नै छन् । यसैगरी ५६ जना बालक हराएकाेमा ४४ जना मात्रै भेटिए । १२ जना अझै बेपत्ता छन् ।

यसैगरी दाङमा गत आर्थि वर्षमा १ सय ६१ वटा घरेलु हिंसका घटना भएका छन् । तीमध्ये १ सय ३७ वटा मुद्दामा प्रहरीले मिलापत्र गराएको छ । बाँकी अदालत पुगेका छन् ।

पछिल्लो आर्थिक वर्षमा दाङ प्रहरीले ७ जना महिलासहित ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । त्यसबाट ८ लाखभन्दा बढी राजश्व समेत संकलन भएकाे छ । साथै सवारी कारबाहीबाट प्रहरीले २ करोड २२ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV