२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । वीरगञ्ज उपमहानगरपालिका–४ विर्ता बजारमा सुतली बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् । बम विष्फोटमा एक महिलासहित २ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा भरतीया निवासी मिठु शंकर, वीरगञ्ज निवासी सीता गिरी र पन्नालाल रहेका छन् ।

साँझ साढे ७ बजे मिठु शंकरको कागती पसलमा बम विस्फोट भएको जनाइएको छ। अनुसन्धानमा प्रहरी जुटेको बताइएको छ ।

LIVE TV