२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु भाबुक स्वभावको भएको बताएका छन् ।

राजधानीमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले सशस्त्र जनयुद्धको नेतृत्व आफुले गरेपनि आजको दिनसम्म कसैलाई एक थप्पड पनि नहानेको दाबी गरे । उनले भने -‘म साहित्य मन पराउने मान्छे भएकाले हाेला अलिक भाबुक छु, मानिसहरु त्यत्रो जनयुद्धको नेतृत्व गरेको मैले कसैलाई एक थप्पड लगाइन र खाँदा पनि खाइन भन्दा अचम्म मान्न सक्छन् ।’

‘प्रचण्ड’ले विद्रोहको नेतृत्व गर्नु बाध्यता र परिस्थिती भएको बताउँदै युद्धमा भएको हिंसाको जिम्मा आफुले लिन पर्ने र लिएको समेत प्रष्ट्याए ।

LIVE TV