२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । निजी भ्रमणको क्रममा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा जानुभएको छ । पारिवारिक भ्रमणका क्रममा पूर्व राजा तीन साता थाइल्याण्डको राजधानी बैकंकमा रहने उहाँको नीजि सचिवालयले जानकारी दिएको छ ।

केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने बताइएको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार नै दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गइसक्नु भएको छ । पूर्वराजा शाहको परिवार दसैंको केहीदिन अघिमात्रै स्वदेश फर्कने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV