२४ श्रावण २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौतले भर्खरै रिलिजमा आएको आफ्नो फिल्म ‘जजमेन्टल है क्या’को सफलताको सेलिब्रेट गरिरहेकी छन् । यसैबीच उनको आगामी फिल्म ‘धाकड’को टिजर पनि सार्वजनिक भइसकेको छ ।

फिल्मको टिजर सार्वजनिक हुने वित्तिकै सोसल मिडियामा छाइरहेको छ । फिल्मको टिजरलाई तीन घण्टामै लाख भन्दा बढी पटक हेरिएको छ । फिल्मको टिजर सार्वजनिक भएसँगै अभिनेत्री कंगनाको अभिनयको तारिफको वर्षा सुरु भइसकेको छ ।

फिल्मको ४५ मिनेट लामो टिजर हेरेपछि जो–कसैले कमेन्ट गर्छ नै, किनभने टिजर निकै दमदार छ । टिजरमा कंगनाको लेडी रेन्बो लुक निकै आकर्षक छ । फिल्मलाई रजनीश घईले निर्देशन गरेका हुन् । यो फिल्म आगामी वर्षको दीवालीमा दर्शकमाझ रिलिजमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV