२४ श्रावण २०७६, शुक्रबार
  • भगतराम थारु

बाँके, २४ साउन । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ सम्झना चोकमा ड्रिम्स डान्स स्टुडियोको उद्घाटन भई सञ्चालनमा आएको छ ।

गाउँपालिकाका उपप्रमुख सारदा विक र वडा नं. ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले सयुक्त रुपमा रिबन काटेर डान्स स्टुडियोको उद्घाटन गर्नुभएको थियो । उद्घाटन शत्रमा बोल्दै उपप्रमुख विकले नेपालमा चार बर्ण छत्तिस जातका फुलबारी भएको हुनाले सवै जातजातिको उत्तिकै भुमिका रहेको बताउनुभयो ।

सबैको आ-आफनै कला भेषभुषा संस्कृति रहेको हुनाले यसलाई जर्गेना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । कलाको कुनै पनि धर्म नहुने भएको हुनाले कलालाई माया र जर्गेना गर्न अति आवश्यक रहेको उपप्रमुख विकले बताउनुभयो । जुन व्यक्तिमा कला हुन्छ त्यस व्यक्तिलाई दुनियाले चिन्ने भएको हुनाले सवै व्यक्तिमा कला हुन आवश्यक रहेको बैजनाथ गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

मनलाई शान्त्ति र तनाव मुक्त गर्न मनोरञ्जन अति आवश्यक रहेको हुनाले यसलाई निरन्तरता दिन आवश्यक रहेको वडा अध्यक्ष बस्नेतले भन्नुभयो । वडा नं. ६ मा रहेको ड्रिम्स डान्सले स्थानिय कला संस्कृतिलाई उत्थान गरि यस क्षेत्रका स्थानियलाई अगाडी बढाउने विश्वास व्यक्त वडा अध्यक्ष बस्नेतले गर्नुभयो । कलाले शरिर तन्दुरुस्त बनाउनुका साथै कुलतमा लागेका व्यक्तिलाई सुधार्ने भएको हुनाले यस डान्स स्टुडियोलाई आफुले गर्न सक्ने सहयोग सदैब तत्पर रहने वडा अध्यक्ष बस्नेतले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै लामो समय कोहलपुरमा रहेर डान्स डाइरेक्टरको भुमिका निभाउनु भएका कुन्दन चन्दले संघर्ष नै सफलताको बाटो भएको हुनाले संघर्ष गरे सफलता अवश्य मिल्ने धारणा व्यक्त गर्नुभयो । कलालाई स्थानिय स्तरमा सहयोगीको भावनाले हेर्न सके सवैको साथ र सहयोग पाउने चर्चित मोडल विवश चौधरीले जानकारी दिनुभयो । कलाले नाम र व्यक्तिको पहिचान कायम गराउन सक्ने मोडल विवशले जानकारी गराउनुभयो ।

स्थानिय कला संस्कृतिलाई उजागर गरी यस क्षेत्रकै नमुना डान्स स्टुडियो बनेर देख्न पाउने आशा रहेको थारुगिरीका निर्देशक केशव चालिसेले राख्नुभयो । बाँकेकै ठुलो र राम्रो स्टुडियो रहेको ड्रिम्स स्टुडियो नमुना स्टुडियोको रुपमा स्थापित हुन सकोस मेरो शुभकामना छ निर्देशक चालिसेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV