मुत्रनलीबाट डेढ मिटर लामो बिजुलीको तार निकालियो, भेटिएको सुन लिएर आए हाम्रो कार्यालयमा (भिडियो)



प्रकाशित मिति : Aug 08, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४१५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै, विशेष ब्यक्तित्वहरुसँग विभिन्न विषयमा प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. भृकुटीमण्डपको एक पसलमा सुन भेटियो
काठमाडौं । भृकुटिमण्डको एक पसलमा सुन भेटिएको छ । साउन १२ गते एक जना महिलाले भृकुटीमण्डपको खुला बजरामा रहेको कोपिला भनेर चिनिने कोविलामाया पोखरेलको पसलमा सुन छाडेकी थिइन् । पैसा राख्ने सानो ब्यागमा मंगलसुत्र, चन्द्रमा, औंठी र रानी हार छ । कोपिलाले काठमाडौं निम्न व्यपारीसंघ भृकुटिमण्डपमा उक्त सुन बुझाएछि संघका व्यक्तिहरु उक्त सुन ल्याएर हाम्रो कार्यालय अएका छन् ।

२. कृषि अनुदान लिएपछि नक्कली कृषकले फर्म नै बन्द गरे !
कास्की । कथित कृषकहरुले सरकारी अनुदान कसरी फुत्काउँछन् भन्ने उदाहरण बनेको छ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा रहेको भारद्धाज कृषि फार्म । नमूना कृषि फार्ममा परेको यो फार्ममा अहिले गाई भैंसी केही पनि छैनन् तर, यो फार्मले गत असारमा सरकारको कृषि अनुदानको शिर्षकबाट रु ५ लाख पाएको छ । २०७६ असार १७ गते यो फार्मका सञ्चालक गोपाल पोखरेलले आफ्नो फार्ममा करिब १० वटा गाई र १० वटा भैंसी देखाएर पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालय पोखराबाट अनुदान वापतको करिब रु ५ लाख बुझेका थिए ।

३. सुस्त मनस्थिति भएका एक व्यक्तिको पिसाब थैलीमा डेढ मिटर लामो बिजुलीको तार !
चितवन/मकवनपुर । सुन्दै अचम्म लाग्ने तर वास्तविकता ! मानिसको पिसाब थैलीमा करीब डेढ मिटर लामो विजुलीको तार भेटियो भन्ने सुन्दा एक पटक पत्याउन पनि मुस्किल हुन्छ । तर, अचम्म लाग्ने घटना मकवानपुरमा भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा न ४ छत्तिवन जुरेलीका ५० वर्षीय कान नसुन्ने र बोल्न नसक्ने कृष्णबहादुर फुयाँलको पिसाब थैलीमा १ सय बीस सेन्टिमिटर लामो विजुलीको तामाको तार भेटिएको छ । बोल्न र कान सुन्न नसक्ने फुयाँल विगत १० महिनादेखि लगातार बिरामी परेका थिए । करीब २ महिना अघि परिवारका सदस्यले उपचारका लागि हेटौंडा जिल्ला अस्पताल लगेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com