२३ श्रावण २०७६, बिहीबार
  • राजेन्द्र अधिकारी

पोखरा, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित)का तत्कालिन गोर्खा इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई कास्की कारागारबाट मूक्त भए लगत्तै बिहिबार नै कास्की प्रहरीले पुनः पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको दुई हजार रुपैयाँ धरौंटी नबुझाउँदा उनीहरुलाई कारागारमा राखिएका थिए । बिहिबार नै जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरुलाई रिहा गरेको थियो ।

गत वैशाख २२ गते गोर्खाको खोलाघाटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । गोर्खाबाट पक्राउ परेका यी दुई नेतालाले सुरुमा उच्च अदालत पोखराले तोकेको २५ हजार रुपैयाँ धरौंटी बुझाउन नसक्दा २५ दिनको कारागार सजाय भोगेका थिए ।

सजाय भोगेर कारागारबाट रिहा भए लगत्तै त्यतिबेला पनि कास्की प्रहरीले यी दुईलाई पुनः पक्राउ गरेको थियो । उनीहरुको साथबाट केही नभेटिएपछि अदालतले रिहा गर्ने तर प्रहरीले पक्राउ गरि पटक–पटक दुःख दिएको भन्दै परिवारजनले यस्ता घटनाहरुमा मानवअधिकारवादीहरुले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रहरीको विप्लव कार्यकर्तालाई पक्राउका वाहनामा घाईते बनाएको र खुट्टा समेत भाँचिदिएको परिवारजनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV